प्रज्जवल थापा
तनहूँ । इङलिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटिका फरवार्ड सर्जियो अग्युरो दुई महिना मैदानबाहिर रहने भएका छन् ।
चोटका कारण अग्युरोले दुई महिना गुमाउने भएपछि लिगको नयाँ सिजन सुरु गर्न लागेको सिटिलाई सुरुवातमै ठुलो झट्का लागेको छ । अग्युरो गत जुन २२ मा वर्नलीविरुद्धको खेलमा घुँडामा चोट लागेको थियो । सिटिका प्रशिक्षक ग्वार्डिवालाले क्लबको वेवसाइटमा कुरा गर्दै अग्युरो दुई महिना मैदानबाहिर रहने जानकारी दिएका हुन् ।
सिटिले लिगको पहिलो खेलमा सोमबार वुल्भ्ससित सामना गर्नेछ ।
