ईन्डियन प्रिमियर लिग आइपिएल आजबाट सुरु हुँदैछ । कोरोना भाइरसका कारण पछि धकेलिएको लिग दुबईमा आजबाट सुरु हुँदैछ।
आज हुने खेलमा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किङ्सको सामना गर्नेछ । अघिल्लो संस्करणको विजेता मुम्बई र उपविजेता चेन्नाई फेरि एकपल्ट भिड्न लागेका हुन् । अहिलेसम्म रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले धोनिको कप्तानिमा रहेको चेन्नाईलाई १६ खेलमा १० चोटि पराजित गरेको छ ।
खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्ट्सले गर्नेछ।
