प्रिमियर लिगमा आज ४ खेल हुँदै (समयतालिका सहित)

प्रज्जवल थापा, तनहुँ।

इङलिस प्रिमियर लिगमा आज चार खेल हुदैछन।

आज म्यान्चेस्टर युनाइटेड र आर्सनल छुट्टाछुट्टै क्लब विरुद्ध खेल्दै छन्।आज हुने पहिलो खेलमा एभर्टनले वेस्ट ब्रोमको सामना गर्नेछ। एभर्टनले पहिलो खेलमा टोटेन्हाम हट्सपरलाई पराजित गरेको थियोे।

वेस्टहाम भने लेस्टर सिटिसित पराजित भएको थियो। यस्तै दोस्रो खेलमा लिड्सले फुल्हामको सामना गर्नेछ। लिड्स पहिलो रोमाञ्चक खेलमा लिभरपुलसित पराजित भएको थियो।

फुल्हामपनि आर्सनलसित पराजित भएको थियो। तेस्रो खेलमा म्यान्चेस्टर युनाइटेडले क्रिस्चल प्यालेसको सामना गर्नेछ। ओल्ड टेराफोर्ड्मा हुने खेल लिगमा युनाइटेडको लिगमा पहिलो खेल हुनेछ। क्रिसचल पहिलो खेलमा साउथहाप्टनविरुद्ध जित दर्ता गरेको थियो।यस्तै चौथो खेलमा आर्सनलको वेस्ट हाम विरुद्ध खेल्नेछ।

आर्सनलले पहिको खेलमा फुल्हामलाई पराजित गर्दा वेस्ट हाम भने न्यु क्यासचल विरुद्ध पराजित भएको थियो। सबै खेलको प्रत्क्षय प्रशारण भारतिय च्यानल स्टार स्पोर्ट्सले गर्नेछ।सम्पुर्ण खेलको समय तालिका नेपाली समय एभर्टन विरुद्ध वेस्ट ब्रोम ( बेलुकी ५:१५ बजे) लिड्स विरुद्ध फुल्हाम ( बेलुकी ७:४५ बजे) म्यान्चेस्टर युनाइटेड विरुद्ध क्रिचल प्यालेस ( राती १०:१५ बजे) आर्सनल विरुद्ध वेस्ट हाम ( राती १२:४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *