स्पेनिस क्लब रियल मड्रिडका खेलाडी गारेथ बेल पुनः इङ्लिस क्लब टोटनहम फर्किएका छन् । उनलाई टोटनहमले १ वर्षका लागि लोनमा भित्राएको हो ।
वेल्सका स्ट्राइकर बेल सन् २०१३ मा टोटेनहमबाट त्यसबेलाको विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड पुगेका थिए । रियल म्याड्रिडमा रहेर २ सय ५१ खेल खेल्दै उनले १ सय ५ गोल गरेका छन् । बेलले म्याड्रिडबाट ४ पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । पछिल्लो पटक च्याम्पियन्स लिग जित्दा उनले फाइनलमा लिभरपुल विरुद्ध २ गोल गरेका थिए ।
पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा पर्न नसकेका बेलले गएको सिजनमा मात्र कम खेल्ने मौका पाएका थिए । त्यसैले पनि बेलले टोटेन्हाम रोजेका हुन् ।
