प्रज्जवल थापा
काठमाडौँ । पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले म्यान्चेस्टर युनाइटेडको प्लेयर अफ दि सिजन अवार्ड जितेका छन्। उनी अघिल्लो सिजन युनाइटेडमा अनुबन्धित भएका थिए।
पोर्चुगलका आक्रमण मिडफिल्डर फर्नान्डेज अघिल्लो सिजन पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट युनाइटेडमा अनुबन्धित भएका थिए। उनको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले लिगमा तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ। फर्नान्डेजले अन्थोनी मार्सियल र मार्कुस रास्फोर्डलाई पछि पार्दै उपाधी जितेका थिए।
उनले प्रिमियर लिगमा १४ खेल खेल्दै ८ गोल गरेर ७ एसिस्ट उपलब्ध गराएका थिए। उनी सबै प्रतियोगितामा २२ खेल खेल्दै १२ गोल गर्दा युनाइटेड एफ ए कप र युरोपा लिगको सेमिफाइनल पुगेको थियो।
