च्याम्पियनस लिगको ‘फरवार्ड अफ दि सिजन’को मनोनयन सार्वजनिक

प्रज्जवल थापा
युईएफएले सबै चार स्थानबाट तीन तीन जना उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । च्याम्पियन लिग विजेता बायर्न म्युनिखले पिजिसनल अवार्डको सर्ट लिस्टमा प्रभुत्व जमाएको छ । सात जना खेलाडी बार्यनबाट मनोनयन हुँदा उपविजेता पेरिस सेन्ट जर्मनबाट ३, एथ्लेटिको म्याड्रिड र म्यान्चेस्टर सिटीबाट १-१ खेलाडी मनोनयनमा परेका छन् ।

गोलकिपरमा च्याम्पियन टोली बायर्नका मानुएल नुएर, उपविजेता टोलिका केयर नाभस र एट्लेटिको मड्रिडका जान ओब्लाक मनोनयनमा परेका छन् ।

“डिफेन्डर अफ दि सिजन“मा बायर्नका डेभिड अल्बा, अल्फान्सो डेभिस र जोसुवा किमिच मनोनयनमा परेका छन् ।
मिडफिल्डर अवार्डका लागि म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नका थोमस मुलर र थियागो मनोनयनमा परेका छन् ।

यस्तै “फरवार्ड अफ दि सिजन“को मनोनयनमा च्याम्पियन टिम बायर्न म्युनिखका रोबर्टो लेवान्डोस्की, उपविजेता टिम पीएसजीका केलियन एमबाप्पे र नेयमार रहेका छन् ।

अवार्ड विजेताको घोषणा जुन अक्टोबर १ मा हुनेछ । अघिल्लो सिजन गोलकिपरमा एलिसन बेकर, डिफेन्डरमा भर्जिल भान डेभिक, मिडफिल्डरमा फ्रेन्की डि जोङ र फरवार्डमा लियोनल मेस्सी उत्कृष्ट ठहरिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *