युइएफए युरोपा लिग छनोटको खेलमा टोटेन्हाम र एसी मिलान विजयी भएका छन् । मिलानले सामराक रोभर्समाथी २ ० को जित निकाल्दा टोटेन्हामले लोकोमोटिभ प्लोभडिभलाई २ १ गोलले हरायो । बिहीबार राति भएको खेलमा मिलानलाई जित दिलाउन जाल्टन इब्राहिमोभिच र हकल चाल्हानोग्लुले एक एक गोल गरे ।
खेलमा सुरुदेखिनै पकड जमाएको मिलानले २३ औं मिनेटमा हकन कलहानोग्लुलेको पासमा गोल गर्दै जाल्टन इबाहिमोभिचले मिलानलाई अगाडि बढाएका थिए । ६७औं मिनेटमा एलेक्सिसको पासमा हकन चाल्हानोग्लुले गोल गर्दै मिलानको जित सुनिश्चित गरेका थिए ।
यस्तै आर्को खेलमा पहिलो रोजाईको टोली उतारेको टोटेन्हामले जितको लागि निकै दुःख गर्नु परेको थियो । खेलमा पकड जमाएपनि टोटेन्हाम ७१औ मिनेटमा खेलमा पछिपरेको थियो । घरेलुु टोलीको लागि जिओर्जी मिन्चेभले गोल गर्दै खेलमा अगाडि बढाएका थिए ।
त्यसको ७ मिनेटपछि लोकोमोटिभका खेलाडी डेनिसले पोस्ट तिर गएको बललाई हातले रोकेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । लगत्तै रेफ्रीको निर्णयमा अपात्ति जनाएपछि बिर्सेन्ट कारागारेनले दोस्रो पहेंलो कार्ड पाएपछि प्लोहडिभ १० खेलाडीमा समेटिएको थियो ।
पेनाल्टीमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए । फेरि ८५ औं मिनेटमा लुकास मोउराको पासमा वैकल्पिक खेलाडी टान्गी एनडोम्बेलेले गोल गर्दै खेलमा टोटेनहमलाई जित दिलाए ।
