काठमाडौं । स्मार्ट भिलेजको रूपमा परिचित लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिदैछ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले घलेगाउँलाई आज सुखी गाउँ घोषणा गर्ने कार्यक्रम रहेको छ ।
दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल घलेगाउँ गण्डकी प्रदेश अन्र्तगतको उत्कृष्ट होमस्टेको गाउँको रुपमासमेत परिचित छ । हाल घलेगाउँका १ सय ३५ घरमध्ये ४२ घरमा होमस्टे सञ्चालन गरी दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने व्यवस्था रहेको छ ।