ललितपुर । ललितपुरमा थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।
ललितपुरकी ६६ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।
उनी गत भदौ ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन ।
