काठमाडौं । चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहेका बेला चिनियाँ वैज्ञानिकहरुले चीनमा नयाँ भाइरस फेला पारेका छन । वैज्ञानिकहरुले महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता भएको फ्लुको एक नयाँ स्ट्रेन पहिचान गरेका छन् ।
उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम रहेको बताइएको छ ।
उक्त भाइरसले आफ्नो स्वरुप बदल्न सक्ने र यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलन सक्ने भएकाले सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता यसबाट चिन्तित भएको समाचार मा बताइएको छ ।
शोधकर्ताहरुका अनुसार यो भाइरसमा मान्छेलाई संक्रमित गर्न सक्ने सबै लक्षण रहेका छन । त्यसैले यो भाइरसमाथि निगरानी राख्न जरुरी छ । यो एकदमै नयाँ भाइरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएको वा पटक्कै हुँदै नभएको खबर बिबिसी हिन्दिले लेखेको छ ।