प्रज्जवल थापा ।
इङल्याण्ड र अस्ट्रेलियाबीचको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा अस्ट्रेलिया विजयी भएको छ । इङल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले शृङ्खला आफ्नो नाममा गरेको छ ।
हिजो ओल्ड ट्राफोर्डमा भएको खेलमा अस्ट्रेलियाले २ बल अघि जित निकालेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पूरा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३०२ रन बनाएको थियो । इनिङ्सको सुरुको दुई बलमा २ विकेट गुमाएको इङल्याण्डको इनिङ्स ब्रेस्ट्रो र मोर्गानले समाल्ने प्रयास गरेका थिए ।
मोर्गानको विकेट गिरेपछि ब्याटिङ गर्न आएका बट्लर र ब्रेस्ट्रोले सतकिए साझेदारी गर्दै इङल्याण्डलाई सम्मानजनक स्कोरलाई पुर्याएका थिए । इङल्याण्डको लागि ब्रेस्टोले १२६ बल खेल्दै १२ चौका र २ छक्काको मद्दतमा सार्वधिक ११२ रन बनाए । यस्तै मोर्गानले २३, बिलिङ्सले ५७, वोक्सले ५३ रनको योगदान गरे। अस्ट्रेलियाको लागि स्ट्रार्क र एडम जाम्पाले ३/३ विकेट लिदा कमिङ्सले एक विकेट लिए ।
३०३ रनको विजय लक्ष पछ्याएको अस्ट्रेलियाको पनि सुरुवात राम्रो हुन सकेन । ७३ रन बनाउदा ५ विकेट गुमाएको अस्ट्रेलियालाई एलेक्स केरि र म्याक्सवेलले जिततर्फ अग्रसर गराएका थिए । २१२ रनको साझेदारी गरेका म्याक्सवेल र केरि दुवैले आफ्नो सतक पूरा गरे।
केरिले ११४ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा १०६ रन बनाउँदा म्याक्सवेलले ९० बलमा १०८ रन जोडे। उनले ४ चौका र ७ छक्का प्रहार गरे। इङल्याण्डको लागि वोक्स र रुटले २/२ विकेट लिदा आर्चर र रासिदले १/१ विकेट लिए ।
जितसँगै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला २/१ ले आफ्नो कब्जा पोल्टामा पारेको छ । अस्ट्रेलियालाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका ग्लेन म्याक्सवेल खेलको म्यान अफ दि म्याच सँगै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।
