राष्ट्रिय भूमि आयोगद्वारा थप ४३ जिल्लामा आयोग गठन

काठमाडौं। राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ। प्रदेश नम्बर १ का चार, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकिएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठक भूमि आयोगका अध्यक्ष तोक्ने निर्णय गरेको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरुलाई बिहीवार काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।सरकारले यसअघि २८ जिल्लामा भूमि आयोग गठन गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *