शेखरविरुद्ध ‘सुजाता कार्ड’

काठमाडौं । चुनावी गठबन्धनका विषयमा नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष र डा। शेखर कोइराला पक्षबीच विवाद छ । देउवा गठबन्धन गरी चुनावमा जानुपर्ने पक्षमा छन् । तर कोइराला पक्ष भने कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा छ । गठबन्धन बनाएर चुनावमा गएको खण्डमा कांग्रेसको अस्तित्व सकिने कोइराला पक्षको मत छ । कोइराला गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताउँदै आएका छन् ।

गठबन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको उनले बताउँदै आएका छन् । कोइरालाले यस्तो बताएपछि शनिबार आयोजित एक कार्यक्रममा सभापति देउवाले एमाले र माओवादी मिल्दा आफूले चुनाव हारेको स्मरण गर्न कोइरालालाई आग्रह गरे । देउवाले त्यतिमात्र भनेन् कि कोइरालालाई एमाले र माओवादीलाई मिल्न दिउँ त भनेर धम्कीपूर्ण जवाफ दिए । देउवाले भने, ‘एमाले र माओवादी फुटे, हामी जितिहाल्यौं भन्दा फेरि मिलिदिए भने नि रु उहाँहरु मिल्ने सम्भावना घटेको छैन । मिल्न दिने भए दिऔं के भयो र १’ देउवाले यतिबेला पार्टीका नेताहरुलाई कम्युनिष्टहरु मिले चुनाव हारिने भन्दै त्रास देखाउन थालेका छन् ।

किनकी देउवा सत्ता गठबन्धनबीच चुनावी तालमेल गरी जानुपर्ने पक्षमा छन् । तर शेखर पक्षले निरन्तर त्यसको विरोध गरेपछि देउवाले शेखरविरुद्ध सुजाता कोइरालालाई प्रयोग गरेका छन् । सुजाता कोइराला पार्टीको महाधिवेशनमा प्रकाशमान सिंह प्यानबाट उपसभापतिको उम्मदेवार बनेकी थिइन् । तर उनी पराजित भइन् । महाधिवेशनमा देउवाको विपक्षमा रहेकी सुजाता प्रकाशमान सिंहले पछि देउवाको समर्थन गरेपछि उनी पनि देउवा क्याम्पमा गएकी हुन् । सुजाताले आफू गठबन्धनको पक्षधर रहेको बताउन थालेकी छन् । आइतबार पत्रकारहरुसँगको कुराकानीमा नेतृ कोइरालाले गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री तथा केही प्रदेशमा मुख्यमन्त्री पाएको भन्दै यसलाई छाड्न नहुने बताइन् । उनले भनिन्,‘मलाई सोध्नुहुन्छ भने गठबन्धन गरेर जाँदा कांग्रेसलाई फाइदा हुन्छ । जुन ठाउँमा बलियो छौँ, एक्लै लड्ने । जुन ठाउँमा कमजोर छौँ, गठबन्धन गरेर जानुपर्छ । गठबन्धन कसरी गर्ने भन्ने मोडल बनाउनुपर्छ ।’ उनले शेखर कोइरालालाई लक्षित गर्दै नेताहरूबाट ‘पार्टीको भविष्य कांग्रेस आईको जस्तै हुन्छ’ भन्दै आएका अभिव्यक्तिहरूप्रति दुःख प्रकट गरिन् ।

महाधिवेशनमा सभापतिमा पराजित भएपछि शेखर कोइरालालले आफूले भाइ बहिनीलाई मिलाउन नसक्नु पनि पराजित हुनुको कारण भएको बताएका थिए । खासमा महाधिवेशनमा डा. शशांक कोइराला र सुजाता दुबैले उनलाई साथ दिएका थिएनन् । गठबन्धन गर्ने कि नगर्ने विषयमा निर्णय गर्न केही दिनदेखि कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ । तर देउवा र उनी पक्षधरका नेताहरुको अभिव्यक्तिबाट पनि के बुझिन्छ भने देउवाले केन्द्रीय समिति बैठकबाट चुनावी तालमेल गरेर जाने निर्णय गराउँछन् । सुजाताको अभिव्यक्ति त्यसैको उदाहरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *