चिनियाँ विदेशमन्त्री यी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी र प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्सालस्थित होटल मेरियट पुगेका छन्।

उनीहरूबीचको भेटवार्ता ११ बजे सुरु भएको छ। एमाले अध्यक्ष ओलीसँग पार्टीका केही नेताहरू छन्। त्यही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेटवार्ता हुँदै छ।

आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग वाङ यीको शिष्टाचार भेट भएको थियो। गत शुक्रवार नेपाल आएका वाङ यीले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। वाङ यी आजै स्वदेश फर्किंदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *