ग्रीन भेन्चर्सको आईपीओ आउँदै

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी चैत ८ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आव्हान पत्रमा उल्लेख छ।

सर्वसाधारणले चैत ११ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागी आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *