११ लाख ७० हजार बढीले भरे यूनियन लाईफको आइपीओ

काठमाडौं। बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिन ११ लाख ७० हजार ९१२ जनाको आवेदन परेको छ ।

ती आवेदकहरुबाट एक करोड ९६ लाख १ हजार ९३० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *