दीर्घरोगी र खोप नलगाउनेहरू कोरोना संक्रमणको जोखिममा

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको भए पनि कोरोना पूर्ण रूपमा निर्मूल भने भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने– ‘कोरोना संक्रमण केही मत्थर भएको र युटर्न भएर पहिलाको जस्तो महामारीको अवस्थामा नआउला । खोप लगाउने क्रम पनि जारी छ, नयाँ स्वरूप आए पनि दोस्रो लहरको जस्तो सम्भावना कमै देखिन्छ ।’

अहिलेको मुख्य चासो भनेको जो पहिला संक्रमणमा नपरेका, दीर्घरोगी, खोप लगाउन छुटेका व्यक्तिहरूलाई खतरा हुने हो कि भन्ने छ । ओमिक्रोन भेरियन्टले युटर्न लिन सक्ने सम्भावना भने आफूले नदेखेको डा पुन बताउन्छन् ।

यता कोरोना संक्रमण मत्थर भएसँगै संसद् चालु गर्ने, एमसीसी जसरी पनि पारित गराउने र अहिलेकै अवस्थामा पारित गर्नुहुन्न भन्ने दुई पक्षको विवादले माइतीघरदेखि बानेश्वरसम्मको सडक युद्धभूमिजस्तै बनेको छ । सडकमा युवा शक्ति र प्रहरीबीच हरेक दिने हुने भीडले कोरोनालाई पुनः बिउँझाउने त हैन भन्ने अर्को त्रास भने पुनः सिर्जना भएको छ ।

यति मात्र नभई हरेक दिन सडकमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अश्रुग्याँस हानाहानको स्थितिले आँखा पिरो हुने, श्वास प्रश्वासमा गम्भीर खालका समस्या हुने र मानसिक तथा शारीरिक रूपमा कालान्तरमा असर गर्ने स्वास्थ्यकर्मीको ठम्याइ छ । एकातिर कोरोना संक्रमण पुनः फैलिएला भन्ने त्रास छ भने अर्कोतर्फ दीर्घरोगी बढाउने सम्भावना उत्तिकै बढेको छ ।

नेपालमा अहिले समस्या देखिएर र विदेश जानैपर्ने अवस्थामा मात्र परीक्षणमा आएका छन् । यसको प्रमुख कारण ओमिक्रोनले पहिलाको डेल्टा भेरियन्टले जस्तो बढी समस्या नभएकै कारण परीक्षण घटेको डा पुनको भनाई रहेको रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *