काठमाडौं, फागुन १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच वालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।
संसद् बैठक बस्नु अगाडि कांग्रेसबाहेकका सत्ता गठबन्धनका तीन दलको बैठक सिहंदरबारमा सकेर प्रचण्ड बालुवाटार पुगेका थिए । विहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको एकीकृत समाजवादी र जसपाका नेतासंगको छलफलपछि प्रचण्ड सिधै वालुवाटार पुगेका थिए ।
भेटमा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने जानकारी गराएका छन् । गठबन्धनभित्र कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्। प्रमुख प्रतिपक्ष दल एमालेले सत्ता गठबन्धनको स्पष्ट धारणा नआइ आफ्नो धारणा सार्वजनिक नगर्ने भन्दै पछिल्लो समय तठस्थ देखिएको छ।