अवैध कल सेन्टर संचालकसहित ८० जना पक्राउ

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सनसिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित त्यसमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भारतीय मूलका युवा युवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजार सम्म सानो सानो मात्रामा ऋण लगानी गरी निश्चित ब्याज सहित तोकिएको समयभित्र उठाउन ऋणिहरुलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्ने वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले घरबाट ४७ महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो ।

प्रहरीले त्यो संचालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *