काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पाँच दलीय गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाएपछि उनले सत्ता गठबन्धन, गठबन्धन नभएर ठगबन्धन भएको बताएका छन् ।
उनले सत्ता गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको र त्यो ढुंगा अहिले सर्वोच्चमा बज्रिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् “गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि, फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी?