शुक्लगण्डकीमा जीप दुर्घटना, ३ बालबालिकासहित २३ घाइते

फाइल फाेटाे

-क्षितिज पाैडेल

दुलेगाैँडा (तनहूँ) । तनहूँको शुक्लागण्डकी नगरपालिकामा जीप दुर्घटना हुँदा तीन बालबालिकासहित २३ जना घाइते भएका छन् । घाइतेमध्ये सातकाे अवस्था गम्भीर रहेकाे शुक्लागण्डकी नगरपालिका वडा नं ३ का वडाध्यक्ष राम श्रेष्ठले नेपाल समाजलाई बताए । बालबालिकालाई भने सामान्य चाेट लागेकाे छ ।

दुलेगौँडा-हर्कपुर सडकखण्डकाे हटिया भन्ने ठाउँमा ग १ ज ६०११ नम्बरकाे यात्रुवहाक जीप दुर्घटना भएको हो । जीप दुलेगाैँडा बजारबाट व्यागनतर्फ गइरहेकाे थियाे ।

लकडाउनमा लामाे समय चल्न नसकेकाे जीप सर्भिसिङबिना चलाएका कारण दुर्घटना भएकाे श्रेष्ठले बताए ।

दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयले घाइतेहरुको उद्धार गरी तनहूँ सेवा हस्पिटल पुर्याइएका छन् । उनीहरूकाे साेही अस्पतालमा उपचार भइरहेकाे पनि श्रेष्ठले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार घाइते हुनेहरुमा तनहूँको कालीमर्याङकी वर्ष १४ की समीक्षा थापा, वर्ष १२ की रश्मी राना, कवासेकी ९ वर्षीया मञ्जिला आले, वर्ष ३२ का बालु थापा, रुपा केसी, ७० वर्षीया लीलिसरा आले, बयामकी ३७ वर्षीया संगीता राना, संगत राना, वर्ष ६ का सिर्सम राना, पूनम गुरुङ, ३४ वर्षीया मोतिकला थापामगर, वर्ष ११ का न्यूसन थापामगर, भुजिकोटकी ५४ वर्षीया मीनकुमारी गुरुङ, २२ वर्षीया वीनिता सुनार, ३५ वर्षीया सुनिता नेपाली, राज नेपाली र रुपेश बिकलगायत छन् ।

तस्वीर साैजन्यः राम श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *