लिग वानको पहिलो खेलमा पिएसजी पराजित

-प्रज्जल थापा

दुलेगौँडा (तनहुँ) । फ्रेन्च लिग लिग वानको आफ्नो पहिलो खेलमा पिएसजी पराजित भएको छ । हिजो राति भएको खेलमा लेन्सले पिएजीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो रोजाइका खेलाडीहरु बिना मैदानमा उत्रिएको पिएसजीले राम्रो खेल प्रस्तुत गर्न सकेन । स्टार खेलाडी नेयमर, एन्जल डि मारिया, केलर नाभास, क्यालियन माम्बफे, इकार्डी कोरोना भाइरस संक्रमणका कारण खेलमा उपस्थित थिएनन् ।

लेन्सको मैदानमा भएको खेलमा ५७ मिनेटमा इगान्टियस गनागोले गरेको गोल नै लेन्जको जितको लागि पर्याप्त रह्यो । पिएजजीको पहिलो रोजाइको खेलाडी नभएको कारण यस सिजन लिग वानमा बढुवा भएको लेन्स सुरुबाटै आत्मविश्वासी देखिएको थियो । १७ औँ मिनेटमा गनागोले दुई खेलाडीलाई छलाएर हानेको बल पोस्टमा लागेर फर्कियो । २२औ मिनेटमा रुइजले हानेको बल पोस्टमाथिबाट बाहिरियो । ६२ औ मिनेटमा गनागोको हेडिङ बल पिसजीका गोलकिप्परले बचाउ गरेपछि अग्रता दोब्बर गराउने मौका गुमायो ।

खेलमा पुरै पकड जमाएको पिएसजीले पोस्टमा एउटा गतिलो प्रहार गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *