ला लिगाको प्रत्यक्ष प्रशारण सोनी स्पोर्ट्सले गर्ने निश्चित

—प्रज्ज्वल थापा
दुलेगौँडा (तनहूँँ) । स्पेनिस लिग ला लिगाको प्रत्यक्ष प्रशारण भारतीय च्यानल सोनी स्पोर्ट्सले गर्ने भएको छ । नयाँ सिजन २०२०/२१को ला लिगाका सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण अबदेखि फेरि सोनी स्पोर्ट्सले गर्ने निश्चित भएको सोनीले जनाएको छ । सोनी स्पोर्ट्सले उसको सामाजिक सञ्जाल ट्विटरमार्फत् उक्त कुराको जानकारी दिएको हो ।

सोनीले दुई वर्षअघिदेखि नै ला लिगाको प्रसारण बन्द गरेको थियो । तर अहिले दर्शकको अत्याधिक माग भएपछि फेरि प्रशारण सुरु गर्ने निर्णय गरिएको सोनी स्पोर्ट्सले बताएको छ ।

सोनी स्पोर्ट्सले ला लिगासँगै लिग सिरि ए, च्याम्पियनस लिग, युरोपा लिगलगायत अन्यको प्रत्यक्ष प्रशारण गर्दै आएको छ । सोनी स्पोर्ट्स दक्षिण एसियाका देशहरुमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *