भिजिवलिटी अपुग हुँदा उडान प्रभावित

काठमाडौं, माघ २० । बाक्लो तुवाँलोका कारण विहानै देखि हुने आन्तरिकतर्फका उडान ठप्प भएका छन्। अन्य दिन विहान ६ः३० बजे देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका उडान हुँदै आएपनि आजभने देशैभर हुने आन्तरिक उडान भिजिवलिटी अपुग हुँदा उडान प्रभावित बनेका हुन् ।

आज विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटरमा झरेको विमानस्थल कार्यालयले जनाएको छ । पश्चिमी वायूको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खरावी आएपछि विहान नौ वजेसम्म देशैभरका ३५ वटै विमानस्थलमा उडान ठप्प रहेका थिए।

अहिले पहाडी क्षेत्रका केही विमानस्थल खुलेपनि तराई क्षेत्रका विमानस्थल खुल्न सकेको छैनन् । काठमाडौं विमानस्थलका लागि पाँच हजार मिटर भिजिवलिटी आवस्यक हुने भएपनि एक हजार दुई सय मिटर मात्र रहेकाले हवाई सेवा प्रभावित बनेको हो ।

अहिले केहि विमानस्थलमा उडान सुरु भएको छ । उडानहरु ढिलोगरि सञ्चालनमा आएका छन् । आज दिनभरका लागि एक सय १२ वटा उडान तालिका तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *