काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्ने भएको छ।
भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा दिउँसो ३ बजे बस्ने बैठकमा हालै सम्पन्न १०औं महाधिवेशनपछि निर्माण भएको जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुनेछन् ।
भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशनरसम्मेलन आयोजनाका विषयमा छलफल हुने एमाले स्रोतले जनाएको छ ।