वैद्य नेतृत्वको ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

काठमाडौंं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाएका तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ।

खारेज भएका दललाई सुरुमा २० हजार जरिवाना बुझाएको थियो । तोकिएको जरिवाना नतिरेपछि दलको दर्ता खारेज गरिएको हो ।

आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् रहेका छन्।

यी तीनै दलले लेखापरीक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो। ३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *