मधेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त, प्रदेश प्रमुखले खुवाइन् बाटोमै शपथ

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौं आउँदै गरेकी प्रदेश प्रमुख भण्डारीले बाटोमै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । उनले मुख्यमन्त्री यादवलाई सिन्धुलीको होटलमा शपथ खुवाएकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनलले राजीनामा दिएपछि मधेशको मुख्यमन्त्री पद रिक्त थियो । प्रदेशसभामा ठूलो दलको हैसियतमा भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *