काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध चयन भएका छन् । पार्टीको दोस्रो महाधिवेशनका लागि बिहीबार अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँदा राउतको मात्रै मनोनयन परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा राउतको एकल उम्मेदवारी परेसँगै उनको नेतृत्व निरन्तर रहने निश्चित भएको छ । यद्यपि, महाधिवेशनका अन्य पदमा भने प्रतिस्पर्धा हुने सम्भावना रहेको पार्टीले जनाएको छ ।
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा आयोजना हुँदैछ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित विभिन्न पदाधिकारी चयन गर्नेछ ।
