अविलम्ब कार्यसम्पादन समितिको बैठक बोलाउन अध्यक्ष लिङ्देनलाई महामन्त्री राणाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई अविलम्ब कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

आइतबार अध्यक्ष लिङ्देनलाई पत्र लेख्दै महामन्त्री राणाले प्रजातन्त्रको आधारभूत मान्यताविपरीत केन्द्रीय निर्वाचन समितिका सदस्यहरु समेत समावेश गरेर तयार गरिएको पर्यवेक्षकको एकतर्फी सूची त्रुटीपूर्ण रहेको भन्दै यसबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेका हुन् ।

उनले निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा आफूहरु विश्वस्त रहेको तर, पछिल्ला निर्णयहरुबाट देशभरीका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित भएका उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *