रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको बौधीमाई नगरपालिका–७, बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट भारतीय नागरिकलाई उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोमबार मध्यान्ह बाराबाट रौतहटतर्फ आउँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गरेको थियो ।

प्रहरी सहायक निरीक्षक रमेश यादवको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा त्यसको फिल्टरभित्र लुकाइछिपाइ राखिएको १० लाख रुपैयाँ फेला पारेको थियो ।

बरामद रकममा एक हजार दरका ५९३ थान र पाँच सय दरका ८१४ थान नोट रहेका छन् । प्रहरीले उक्त रकम, मोटरसाइकल र चालक भारतको बिहार राज्य, मोतिहारी जिल्लाको घोडसन ग्राम निवासी ३३ वर्षीय टुना दासलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *