मन्त्रिपरिषद हेरफेरबारे सत्तारुढ दलका शीर्ष नेता बालुवाटारमा छलफलमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक छन् भने एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् । दुई दलबीच मन्त्रिपरिषद हेरफेरको विषयमा छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *