इनाम प्रकरणदेखि मलेसिया काण्डसम्म, रास्वपाभित्रै बढ्दो संशय

-नारायण पौडेल

चयनात्मक अनुसन्धानका कारण रास्वपाभित्र खैलाबैला मच्चिएको खबर छ । चयनात्मक अनुसन्धान (सेलेक्टिभ ईन्भेस्टिगेशन ) भनेको उस्तै घटना, व्यक्ति, समूह वा विषयमा अनुसन्धान गर्दा सबै पक्षलाई समान रूपमा नहेरी, विशेष व्यक्ति, समूह वा पक्षलाई मात्र लक्षित गरेर अनुसन्धान गर्नु हो। विगतमा रवि लामिछानेमाथि भएको अनुसन्धानलाई चयनात्मक अनुसन्धानको उदाहरण मान्न सकिन्छ ।

स्रोतका अनुसार प्रहरी प्रमुखलाई हठात हटाइएपछि सरकार र पार्टीका बीचमा देखिएको दरार मलेसिया प्रकरणमा आइपुग्दा थप फराकिलो भएको छ । इनाम प्रकरणमा सल्लाहकारलाई बचाउन प्रहरी प्रमुखलाई मोहरा बनाउनु गलत थियो भन्ने पार्टी संस्थापन पक्षको बुझाइ छ । इन्स्टिच्यूसन बलियो बनाउने नाममा सरकारलाई काम गर्न नदिइएको प्रधानमन्त्री पक्षको गुनासो छ ।मलेसिया प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव पक्राउ परेपछि रास्वपाको नेतृत्व समुहमा संशय पैदा भएको छ । कारण हो, सो सन्दर्भमा जोडिन सक्ने रास्वपा सम्बद्ध एक उच्चपदस्त ।

इनाम प्रकरणमा पार्टी संथापनबाट दबाबमा परेको बालेन पक्षले मलेसिया प्रकरणमार्फत संस्थापन पक्षलाई दबाबमा राख्न चाहेको बताइन्छ । संशयको घेरामा रहेका उच्च पदस्तलाई प्रत्यक्ष जोडी नहाल्ने तर न्यायाधीशलाई महाअभियोग लगाउने लगायतका बिषयमा पार्टीलाई बाध्य पार्ने बालेन–बेन योजना रहेको स्रोतको दाबी छ । पछिल्लो समय रवि–बालेनका घण्टौंका वार्ता ड्यामेज कन्ट्रोल कसरी गर्ने भन्नेमा केन्द्रित छन् ।
स्थानीय तहका उम्मेदवारका सवालमा पनि पार्टी नेतृत्व र बालेन पक्षका बीचमा तादम्यता मिल्न सकिरहेको छैन ।

रास्वपाले क्यान्डिटेड क्लबबाट मात्र उम्मेदवार छान्ने घोषणा गरेको थियो । चुनावको मिति तय हुने चर्चा बीच ठाउठाउँमा बालेन पक्षको भन्दै क्लवमा आवद्ध नभएकाहरुले पनि दाबी पेश गर्न थालेका छन् । एकबारको जुनीमा दुई तिहाई ल्याउन सफल पार्टीको सरकारले आफ्ना पराई नभनि अनुसन्धान र कारबाही बढाउने आमअपेक्षा छ । काण्ड पिच्छे व्यक्ति बचाउने वा काण्ड मच्चाएर व्यक्ति फसाउने गोलचक्करमा सरकार नफसे हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *