जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार दुई अभियुक्त पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका करणी मुद्दाका दुई प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भीमबहादुर वाइबा र सुरेन्द्र दमाई रहेका छन् ।

उनीहरूलाई प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कात्तिक २९ गते साँझ करिब ५ बजे काठमाडौं महानगरपालिका–३२, जडीबुटीस्थित छाप्रोबाट पक्राउ गरेको हो । पक्राउपछि दुवै जनालाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *