प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र चाडपर्वमा नागरिकको सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री साहले प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।

ब्रिफिङका क्रममा प्रधानमन्त्री साहले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

उनले नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति–सुरक्षाको व्यवस्थालाई चुस्तदुरुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *