वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न नगराउन आग्रह गरेको हो ।

खराब वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लिखित कार्य नगर्न प्रमुख राईले सम्बद्ध पक्ष सबैलाई आग्रह गरेका छन् ।

विभागका अनुसार सवारीसाधन प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत गरी सवारीसाधनबाट हुने प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेरमात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *