‘सर्वोच्चको नजिरअनुसार दानबहादुर कार्की पुनर्बहाली हुन सक्छन्’

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर तिवारीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सर्वोच्च अदालतको पुरानो नजिरका आधारमा पुनः पदमा फर्किन सक्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत तिवारीले सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकसम्बन्धी प्रकरणमा स्थापित गरेको नजिर पालना गरे कार्की पुनः आईजीपीको कुर्सीमा फर्किने बताएका हुन् ।

उनले अच्युतकृष्ण प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलालाई आधारका रूपमा प्रस्तुत गरेका छन् । उक्त फैसलामा सरकारले गर्ने निर्णय कानुनसम्मत, विवेकपूर्ण र उपयुक्त मापदण्डमा आधारित हुनुपर्ने उल्लेख छ ।

फैसलाको अंश उदृत गर्दै तिवारीले सरकारको निर्णय हचुवा, मनोमानी र राजनीतिक उद्देश्यबाट प्रेरित हुन नहुने बताएका छन् । निर्णयको आधार, कारण र औचित्य नदेखिएमा तथा बदनियतपूर्ण देखिएमा त्यस्तो निर्णय कानुनी राज्यको अवधारणाविपरीत हुने अदालतको व्याख्या रहेको उनले उल्लेख गरेका छन् ।

तिवारीको यो अभिव्यक्ति सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *