बढ्दो भूराजनीतिक चलखेलले देश गम्भीर संकटतर्फ गएको संकेत देखियोः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो राजनीतिक, आर्थिक तथा सामाजिक समस्याले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले बढ्दो भूराजनीतिक चलखेल, सत्तापक्ष र प्रतिपक्षी दलभित्रको अन्तरसंघर्ष तथा न्यायालय, प्रशासन र प्रहरीजस्ता राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, बढ्दो प्राकृतिक प्रकोप, युवाको विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दो निराशाले देश संकटतर्फ गइरहेको संकेत गरेको उल्लेख गरेका छन् ।

भट्टराईले मुलुकले अब कुनै पनि बहानामा अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर हुन आग्रह गरेका छन् । उनले सकारात्मक योगदान गर्न सक्नेले त्यसमा लाग्न र नसक्नेले नकारात्मक काम नगर्नसमेत सबैलाई अपील गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *