काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत केहि बेरमा शुरु हुने खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपन्द्र सिंह एरीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
५/५ ओभरको खेल अब ९:२० बजे खेल सुरु हुनेछ । वर्षाले प्रभावित भएपछि यसअघि नै ५/५ ओभरको खेल गराउने घोषणा गरिएको थियो ।
७:२५ बजे गर्ने भनिएको टसका लागि विराटनगरका कप्तान सन्दीप लामिछाने समयमै पुगेपनि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह एरी टसको लागि उपस्थित नभएपछि टसमा ढिलाई भएको थियो ।
