वर्षाको कारण चितवन र लुम्बिनीबीचको खेल रद्द

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज हुने भनिएको पहिलो खेल वर्षाको कारण रद्द भएको छ । आज हुने तय भएको चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल वर्षाको कारण रद्द भएको हो ।

शुक्रबारदेखि परेको निरन्तर पानीको कारण कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पानी जमेको कारण खेल हुने अवस्था नरहेपछि खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाढेका छन् । यस्तै आजै बेलुकी विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावनापनि न्यून रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *