सोलुखुम्बुको डिङ्बोचेस्थित होटलमा भीषण आगलागी

​सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा पर्ने पर्यटकीय स्थल डिङ्बोचेको एक होटलमा भीषण आगलागी भएको छ। अत्यधिक हिमपात भइरहेको र चिसो अवस्थामा डिङ्बोचेको होटल गुडलकमा अचानक आगलागी सुरु भएको हो।

​आगलागीका कारण होटलमा ठूलो क्षति पुगेको छ भने ग्यास सिलिन्डरहरू समेत पड्किएका छन्। बाक्लो हिमपातका कारण तत्काल आगो निभाउन र नजिक पुग्न निकै कठिन भएको स्थानीयले बताएका छन्। प्रहरीले भने आगो निभाउने प्रयास भइरहेको जनाएको छ । ​आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *