एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । नेकपा एमालेका मनोनीत तीन जना केन्द्रीय सदस्यले शपथ लिएका छन्। बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराएका हुन्।

गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। मनोनीत अन्य केन्द्रीय सदस्यहरूले भने यसअघि नै शपथ ग्रहण गरिसकेका थिए। तीन जनाले शपथ लिएसँगै मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण प्रक्रिया पूरा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *