बझाङ । बझाङमा ३ किलो २६५ ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन्। बुंगल नगरपालिका–४, बिजगडा बजारस्थित जनक कार्कीको घरबाट चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोस्ट बिजगडाबाट खटिएको संयुक्त गस्ती टोलीले कार्कीको घरको कोठाभित्र हरियो झोलामा सेतो कपडाले लुकाइछिपाइ राखेको अवस्थामा चरेश फेला पारेको हो।
प्रहरीले चरेश कारोबारमा संलग्न रहेको आरोपमा बुंगल नगरपालिका–४ का ४३ वर्षीय जनक कार्की र वडा नम्बर ६ का ५७ वर्षीय जितबहादुर सिंहलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बझाङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
