एनपीएल: विराटनगरलाई चितवनको मध्यम विजयी लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत जारी खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चितवनले विराटनगरलाई जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको हो ।

चितवनको लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै रवि वोपाराले नटआउट ३२, डान मोउस्लीले नटआउट २९ र देव खनालले १२ रन बनाए ।

विराटनगरको लागि एन्जेलो म्याथ्युस, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक/एक विकेट लिए । अब विराटनगरले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *