काठमाडौँ । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा आइतबार दिउँसो दुई बजेको समयमा मोटरबोट दुर्घटना भएको हो ।
मोटरबोटमा १६ जना सवार थिए । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट ५ जना गोताखोरसहित ९ जना, सुरक्षा बेश रामपुरबाट २ डिएमसहित ६ जना र विपद् व्यवस्थापन बेश चतराबाट ५ डिएमसहित ९ जनाको टोली खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
