कांग्रेसको दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । रसाइली ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

अर्का उम्मेदवार मानबहादुर नेपाली १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *