-रामकुमारी झाँक्री ।
बाँके क्षेत्र नम्बर ३ रास्वपाको तर्फबाट निर्वाचित सांसद खगेन्द्र सुनारले एक महिला सांसद (अडियो सुन्दा सांसद भएको बुझिन्छ) र उनको नाबालक बच्चालाई समेत अश्लील गालीगलौज र ज्यान मार्ने धम्की दिएको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको रहेछ । हिजैदेखि सोसल मिडिया र भर्चुअल प्लेटफर्ममा सार्वजनिक छ। जनआस्थाले अरू पनि यस्तै सामाग्री रहेको दाबी गरेको छ ।
त्यो अडियो त मैले सुन्न पनि सकिन । अझ बच्चालाई समेत मार्दिने, रगत खाने कुरा गरेको सुनिन्छ। पब्लिक डोमिनमा सबै कुरा हाल्न पनि नमिल्ने भएकोले कन्टेन इडिट गरेको देखिन्छ। डियोमा महिला डरले बोल्नै नसकेको जस्तो देखिन्छ। बच्चालाई समेत त्यो तहको गालीगलोज सहन सक्ने कुरा पटक्कै होइन । बच्चालाई बिना बाउको बेश्याको छोरा भनेको सुन्दा मेरो समेत रगत तात्यो । उनीहरूको सबन्धमा बच्चाको यहाँ के को दोष ? हिंसाको पनि हद हुन्छ नि ? यो घटना सामान्य छैन । बच्चा माथि एकदमै सुरक्षा खतरा छ। सरकार, नेपाल प्रहरीले तत्काल महिला र बच्चाको ज्यानको सुरक्षामा ध्यान देओस् ।
अपराधिमाथि कारबाही भन्दा पहिले पीडितको सुरक्षाको सबाल आउँछ । नेपाल प्रहरीले यसमा गम्भीर बनोस् । तत्काल सुरक्षा प्रबन्ध गरोस् । त्यसपछि सम्बन्धितमाथि तुरून्त अनुसन्धान गरि कानूनी कारबाही गरियोस् । रास्वपा अध्यक्ष रवि लामिछानेजीको तत्काल ध्यान जाओस् । यो विषयसाई रास्वपा पार्टीले गम्भीरताका साथ लियोस् ।
इडिट नगरिएको अडियो सुन्ने नसक्नेछ । यो तहको हिंसा किमार्थ स्वीकार्य हुन सक्दैन । म सामान्य त ब्यक्तिका ब्यक्तिगत मामिलामा चासो राख्दिन तर यो अडियो सुन्दा विषय व्यक्तिगत मात्र छैन । ठूलो हिंसा, असुरक्षा, ट्रमा एन्जाईटी सबै सबै प्रकारका मानसिक दवाव देखिन्छ । प्लिज बच्चा र आमाको सुरक्षामा ध्यान दिनुपर्यो । तत्काल रेस्क्यू होस् । घटना जे पनि हुन सक्छ।
