कांग्रेस महाधिवेशन : मध्यान्ह साढे १२ बजेसम्म खस्यो २ हजार ६४४ मत

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा मध्यान्ह १२ः३० बजेसम्म २ हजार ६४४ मत खसेको छ। मतदान निर्वाध रूपमा चलिरहेको मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन्।

भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *