काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन समितिका अनुसार इच्छुक उम्मेदवारले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गराउन सक्नेछन् ।
मनोनयन दर्तापछि दिउँसो साढे ४ बजे उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरिनेछ । उक्त नामावलीमाथि दाबी–विरोधका लागि साढे ४ बजेदेखि साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
दाबी–विरोधमाथि निर्वाचन समितिले साढे ५ बजेदेखि साढे ६ बजेसम्म छानबिन गर्नेछ । त्यसपछि उम्मेदवारको दोस्रो नामावली बेलुका ७ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
