झलनाथको नेतृत्वमा समाजवादी जागरण अभियान गठन

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान गठन भएको छ । सोमबार पत्रकार सम्मेलन गरी खनालले अभियान गठनबारे जानकारी दिएका हुन् ।

साथै अभियानको हालै बसेको बैठकले विभिन्न १५ बुँदे प्रस्ताव पारित गरेको जानकारी गराइएको छ । पारित प्रस्तावमा बृहत् वाम एकता आजको आवश्यकता भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *