एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले क्रोएसियाको पोस्टमा गोलको वर्षा गरेको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ७-० गोलले पराजित गरेको हो ।
क्रोएसियामा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन ह्यारी केन र बुकायो साकाले समान दुई/दुई गोल गर्दा जुड बेल्लिन्घाम, मोर्गान रोजर्स र एन्थोनी गोर्डनले समान एक/एक गोल गरे । खेलको आठौँ मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए ।
२१ औँ मिनेटमा बेल्लिन्घामले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए । ३९ औँ मिनेटमा गोर्डनले गोल गर्दा इंग्ल्याण्ड फराकिलो जिततर्फ अगाडि बढेको थियो । ४५ औँ मिनेटमा साकाले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाएका थिए ।
५३ औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ५-० गोलको अग्रता दिलाए । ६८ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ६-० गोलको जित दिलाए । ८७ औँ मिनेटमा रोजर्सले गोल गर्दै इंग्ल्याण्डलाई ७-० गोलको जित दिलाएका हुन् ।
जितसँगै इंग्ल्याण्ड ३ खेलबाट ६ अंक जोड्दै समूह ए४ को दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको क्रोएसिया तेस्रो स्थानमा रहेको छ ।
